काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ७१ करोड २४ लाख खूद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षभन्दा नाफामा ६.६५ प्रतिशतको प्रगति गरेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद नाफा ६६ करोड ८० लाखमा सीमित थियो । 

कम्पनीले विद्युत बेचेर ६६ करोड ७२ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६६ करोड २८ लाख थियो । 

कम्पनीले २ अर्ब ५८ करोडमा सीमित रिजर्बलाई बढाएर ४ अर्ब ४६ करोडको उचाई चुमाएको छ भने २ अर्ब ५० करोड सेयरमा लगानी गरेको छ ।

हाल यो कम्पनीका कुल सम्पत्ति २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सम्पत्ति ४२ करोड १६ लाख मात्र थियो । 

अघिल्लो वर्ष १ अर्ब ८१ करोडमा सीमित चुक्तापुँजी बढेर २ अर्ब २१ करोड पुगे पनि त्यसको अनुपातमा नाफा आर्जन हुन नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ३६.९० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा घटेर ३२.११ रुपैयाँमा सीमित भएको हो । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ३०१.३४ रुपैइाँ, प्रतिसेयर बजार मूल्य ४५७ रुपैइाँ, मूल्य आम्दानी अनुपात १४.२३ गुणा कायम भएको छ ।