काठमाण्डौ । सिमरा विमानस्थलमा शुक्रबार बिहान अवतरणका क्रममा बुद्ध एयरको जहाजको टायरको हावा फुस्किँदा उडान डिले भएको छ। 

जहाजको टायरको हावा फुस्किएपछि बुद्धको सिमरा–काठमाण्डौतर्फको उडान डिले भएको हो। बुद्ध एयरको एटीआर–७२ सिरिजको ९ एन–एएनयु कलसाइनको जहाज अवतरणपछि टायरको हावा फुस्किएको छ। 

जहाज अवतरण गरिसकेपछि जहाज घुमाउने बेला टायर फ्ल्याट भएको सिमरा विमानस्थलका एक अधिकारीले बताए। ‘जहाजमा केही समस्या छैन, यो ठूलो समस्या होइन’, ती अधिकारीले भने। 

सिमरा–काठमाण्डौ उडानका लागि तयार यात्रुका लागि बुद्ध एयरको अर्को जहाज सिमरा आउँदै गरेको ती अधिकारीले जानकारी दिए।