काठमाण्डौ । बुधबारदेखि दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिइने भएको छ । 

गृह मन्त्रालयले बिहान र बेलुका मात्र पसल खोल्दा भीडभाड बढी कोरोना संक्रमणको खतरा बढेपछि यस्तो निर्णय गरिएको बताएको हो।

गृह मन्त्रालयका सह-सचिव केदारनाथ शर्माले प्रहरीलाई दिनभर खाद्यान्न पसल संचालन गर्ने व्यवस्था मिलाउने विषयमा निर्देशन दिइसकिएको बताए । 

प्रहरीले समेत गृहबाट निर्देशन आएको पुष्टि गर्दै बुधबारदेखि दिनभर अत्यावश्यक खाद्यवस्तुको पसल खुलाउने दिइने बताएको छ । 

गृह मन्त्रालयले यसअघि पनि एक विज्ञप्ति जारी स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने प्रष्ट्याउँदै सामान्य अवस्थामा अझै संचालन गर्न सकिने प्रष्ट पारेको थियो ।