काठामाडौँ । आगामी वैशाख १९ बाट राष्ट्रिय वाणिज्य बैंकसँग एकीकृत कारोबार शूरु गर्ने निर्णय गरेको एनआईडीसी डेभलपमेन्ट बैंकको नाफामा चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा उच्च गिरावट आएको छ । यस अवधिमा बैंकको नाफामा ७८ दशमलव ८८ प्रतिशतले कमी आएको सोमबार प्रकाशित वित्तीय विवरणले देखाएको छ ।  गत वर्ष यही अवधिमा २५ करोड ६४ लाख खुद नाफा आर्जन गरेको बैंकको नाफा यस वर्ष भने ४ करोड १८ लाखमा सीमित भएको छ । अवधिमा बैकले अधिकांश सूचक व्यापक निराशाजनक देखिएकाले बैंकको नाफामा उच्च गिरावट आएको देखाएको छ । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा व्यापक घटेको र खराब कर्जा अनुपात समेत व्यापक वृद्धि भएकाले कम्पनीको नाफामा कम भएको छ । गत वर्ष २१ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १६ करोड ७४ लाखमा सीमित भएको हो । यसका साथै सञ्चालन मुनाफामा समेत भारी भारी गिरावट आएर १ करोड ४४ लाख मा झरेको छ । गत वर्ष बैकले १४ करोड ५६ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको थियो ।


बैंकले यस अवधिसम्म १ अर्ब करोड निक्षेप संकलन गरेको छ भने कर्जा लगानी २ अर्ब ९२ करोड छ । 
बैंकको खराब कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । गत वर्ष यस अवधिसम्म ७ दशमलव ४८ प्रतिशत रहेको खराब कर्जा अनुपात करीव दोब्बर पुगेको छ । यस वर्ष यो अनुपात १३ दशमलव ९ प्रतिशत पुगेको छ ।

चुक्ता पुँजी ४१ करोड ५८ लाख रुपैयाँ पुर्याएको बैंककोे जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । 

राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसीलार्ई एक्वायर गरेर राष्ट्रिय वाणिज्य बैंककै नामबाट एकीकृत कारोबार गर्न लागिएको निर्णय भइसकेको छ ।