काठमाण्डौ । आज लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ संस्थापक मार्क जुकरबर्गको जन्म दिन। सन् १९८४ मे १४ मा उनको जन्म भएको थियो।

मार्क जुनकरबर्ग अहिले एक सफल अमेरिकी उद्यमी र सामाजिक सञ्जाल ‘फेसबुक’ का संस्थापकका रुपमा विश्व प्रख्यात छन्। यो कायमबायी उनले कसरी हासिल गरे ? जानौँ।

प्रविधिमा लगाव

हरेक मानिसमा कुनै न कुनै चिजप्रति विशेष लगाव हुन्छ। जब कोही आफ्नो लगावलाई लक्ष्य बनाएर निरन्तर अगाडि बढ्छ तब ऊ आवश्य सफल हुन्छ। यस्तै भयो मार्क जुकरबर्गको जीवनमा पनि। उनी आज विश्वमा प्राविधिक क्षेत्रमा एउटा नक्षत्र रुपमा चम्किएका छन्। अहिले उनी संस्थापकका रुपमा रहेको फेसबुकको प्रयोगकर्ता विश्वर २५० करोड रहेका छन्।

बुवाले दिएको किताबले चम्कियो किस्मत

मार्क जुकरबर्गलाई सानैदेखि कम्प्युटरमा निकै लगाव थियो। उनी प्रायः आफ्नो समय कम्प्युटरमा प्रोग्रामिङ गर्दै बिताउने गर्थे। यही क्रममा उनका पिताले उनलाई एएटा ‘सी प्लस प्लस’ किताब दिए। यही त्यो क्षण थियो जब मार्क जुकरबर्गको किस्मत बद्लियो। यो किताब पढेपछि उनमा कम्प्युटर र प्रविधितर्फ झनै लगाव बढ्यो। अनि उनीहरु पूर्ण रुपमा यसमा डुब्न थाले। यहीँबाट उनको सफलताको कहानी सुरु पनि भयो।

फेसबुक बनाउनुअघि के गर्ने मार्क जुकरबर्ग ?

मार्क जुकरबर्ग फेसबुक बनाउनुअघि कलेज पढ्दाताका एउटा ‘फेसमास’ नामक वेबसाइट लन्च गरेका थिए। यो वेबसाइटका माध्यबाट उनी बताउन चाहन्थे कि यहाँ दुई मानिसबीच को कति हट (सुन्दर) छ। यसको सुरुआतमा मार्क जुकरबर्गले केही केटा र केटीका तस्बिरहरु फेसमासमा हाले। तर केहीले विना इजाजत आफूहरुको तस्बिर हालेको भन्दै विरोध गर्न थाले। पछि यो फेसमास बन्द भयो। तर उनलाई यही वेबसाइटले अगाडि बढ्न थप प्रेरणा मिल्यो। 

कसरी बन्यो फेसबुक ?

फेसमास बनाउँदा नै मार्क जुकरबर्गले आफ्नो लक्ष्य निर्धारण गरिसकेका थिए। उनले अब एउटा यस्तो वेबसाइट बनाउने सोच बनाए कि जसमा मानिसहरु आफैँ आफ्नो फोटो राख्न सकून् र एकअर्काका विषयमा जान्न सकून्। सन् २००४ मा हार्वर्ड विश्वविद्यालयमा पढ्दाताका उनले आफ्ना केही साथीहरुसँग मिलेर फेसबुक सुरुआत गर्न सफल भए। सुरुमा यो वेबसाइट लन्च गर्दा ‘दि फेसबुक’ नामकरण गरिएको थियो पछि सन् २००५ मा यसलाई ‘फेसबुक’ नाम दिइो। यसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा छ।

मार्क जुकरबर्गमाथि ‘आइडिया’ चोरेको आरोप

मार्क जुकरबर्गलाई फेसबुक बनाउँदा आइडिया चोरीको आरोप पनि लागेको थियो। तर पछि ठूलो धनराशि दिएर यो विवाद टुंग्याइएको भनिए पनि आधिकारिक रुपमा पुष्टि भइसकेको छैन। – एजेन्सी