काठमाण्डौ । विश्वको दिग्गज ई–कमर्स कम्पनी अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा जान एक व्यक्तिले २ करोड ८० लाख डलर खर्च गर्ने भएका छन्। 

बेजोस आउँदो जुलाई २० मा अमेरिकाको टेक्ससबाट आफ्नै कम्पनी ब्लु ओजिरिन कम्पनीले बनाएको न्यु सेफर्ड अन्तरिक्ष यानमार्फत अन्तरिक्षको यात्रामा जाँदैछन्। सोही यानमा बेजोस बस्ने सिटसँगैको अर्को सिट खाली थियो। उक्त सिटको टिकट लिलामीमा राखिएको थियो। सोही लिलामी टिकटलाई २ करोड ८० लाख डलरमा किनेर एक व्यक्ति बेजोसँगै अन्तरिक्ष यात्रामा जान तयार भएका हुन्। 

लिलामीमा राखिएको टिकटको भाउ ४८ लाख डलरबाट सुरु भएको थियो। बोलकबोल सुरु भएको १० मिनेट नबित्दै २ करोड ८० लाख पुगेको थियो। टिकट किन्नका लागि संसारका १५९ देशबाट ७ हजार ६०० व्यक्तिले फारम भरेका थिए।

यद्यपि स्पेक कम्पनी ब्लु ओरिजिनले त्यत्रो पैसा खर्चेर टिकट किन्ने व्यक्ति नाम भने खुलाएको छ। कम्पनीले अन्तरिक्ष यात्राका लागि यात्रुको उमेरदेखि स्वास्थ्यका विषयमा विभिन्न मापदण्ड बनाएको थियो।

यो अन्तरिक्ष यात्रा केवल ११ मिनेटको हुनेछ। 

बेजोसले सन् २००० मा ब्लु ओरिजिन कम्पनी खोलेका थिए। यो कम्पनीले बनाएका मानवरहित यान यसअघि नै अन्तरिक्षमा गइसकेको छ।

यात्रु लिएर न्यु सेफर्ड पहिलोटक अन्तरिक्षमा जान लागेको हो। बेजोस र उनका भाइ मार्कसहित यो यात्रामा ६ जना सहभागी हुने बताइएको छ। – एजेन्सी