काठमाण्डौ । बेलायतको सबैभन्दा ठूलो सिकारी पन्छी २४० वर्षमा पहिलोपटक बेलायती आकाशमा फर्किएका छन्।

सेतो पुुच्छर र २.५ मिटर लामो पखेटा भएका ह्वाइट टेल्ड इगल (चिल) हरु १८ औँ शताब्दीसम्म दक्षिण बेलायतको आकाशका उडिरहेको दृश्य सामान्य हुुने गर्दथ्यो। तर पछि अवैध सिकार बढेपछि यी चिलहरु बेलायतबाट लोप भएका थिए। 

यो पन्छी पछिल्लोपटक सन् १७८० मा बेलायतको कल्भेर क्लिफमा देखिएको थियो। त्यसयता यो पन्छी बेलायतमा देखिएको थिएन। 

बेलायतबाट लोप भएको यो पन्छीलाई पुुनः फर्काउन बेलायतको फरेस्ट्री विभाग र रोयल डेनिस वाइल्ड लाइफ फाउन्डेसनका ठूलो हात रहेको छ। 

गत वसन्त ऋतुुमा ६ वटा सेता पुुच्छर भएका जवान चिलहरुलाई इस्ले अफ ह्वाइटमा पाँचवर्षे पुुनस्र्थापना योजनाअनुुसार छोडिएको थियो। यी पन्छीहरु स्कटल्यान्डको जंगलबाट ल्याइएको थियो। स्कटल्यान्डमा पनि यो प्रजातिको चरालाई सन् १९७० मा बेलातमा अहिले गरिएको जस्तै गरी पुुनस्र्थापना गरिएको थियो। 

यी ६ वटा जवान चिलहरुको जिउमा जीपीएस ट्रयाकर जडान गरिएको थियो। यो कार्यक्रममा संलग्न रहेको टिमले पहिलो उडान नभर्दासम्म निरन्तर रुपमा यी पन्छीहरुलाई पछ्छाइरहेको थियो। – एजेन्सी