काठमाण्डौ । बेलायतको यात्रा गर्नेहरुका लागि भोलि डिसेम्बर ७ बाट नयाँ नियमको पालना गर्नुपर्ने भएको छ। 

नयाँ नियमअनुसार बेलायतको यात्रा सुरु गर्नुअघि नै यात्रुले कोभिड परीक्षण गरेको हुनुपर्छ। यसका साथै बेलायत पुगेपछि पनि त्यहाँ यात्रुले कोभिड परीक्षण गर्नुपर्नेछ। 

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै बेलायत सरकारले नयाँ नियम जारी गरेको हो। बेलायतले कोभिड परीक्षणको नतिजा आउन्जेल यात्रीले आफूलाई सेल्फ आइसोलेसनमा राख्नुपर्नेछ। यो नियम कोभिलको पूर्ण खोप लिएका यात्रुका लागि पनि लागू हुनेछ।

कोभिडको नतिजा नेगेटिभ आएपछि मात्र यात्रुले आफ्नो सेल्फ आइसोलेसन तोड्न सक्नेछन्। 

यसका साथै बेलायत जाने यात्रुहरुले प्यासेन्जर लोकेटर फाराम पनि भर्नुपर्नेछ। 

ओमिक्रोनलाई ध्यानमा राखेर बेलायतले रेड लिस्ट जारी गरेको छ। जसमा नाइजेरिया, दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो, अंगोला, मोजाम्बिक, मलावी, जाम्बिया र एस्वाटिनीबाट हुने यात्रालाई प्रतिबन्ध लगाइएको छ। – एजेन्सी