काठमाण्डौ । नेपालमा तीनजनामा नयाँ प्रकारको कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
बेलायतबाट आएका दुई पुरुष र एक महिला गरी ३ जनामा कोरोनाको नयाँ प्रकारको संक्रमण पुष्टि भएको हो। यी तीनजनामा बेलायतमा देखिएकै नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
केही दिनअघि बेलायतबाट फर्किएकाहरुलाई मन्त्रालयले निगरानीमा राखेको र तीमध्ये ६ जनाको नमुनाहरुको कोरोना परीक्षण नतिजा नेपालमा परीक्षण गर्दा ३ वटा नमुनामा एस–जिन टार्गेट नेगेटिभ देखिएकोमा उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो–होइन भन्ने पुष्टि गर्नका लागि गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो। ती नमुनाहरुको नतिजा राष्ट्रिय प्रयोगशालालाई ई–मेलमार्फत गत माघ ५ गते प्राप्त भएको थियो।
ती तीनजनामध्ये पनि २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको हाल आरटी–पीसीआर नतिजा नेगेटिभ भइसकेको पनि मन्त्रालयले जनाएको छ। बाँकी रहेका ६७ वर्षीया पुरुषमा भने पोजेटिभ नै रहे पनि लक्षण नदेखिएको मन्त्रालय स्पष्ट पारेको छ।
32 minutes ago
46 minutes ago
59 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago