काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको बेलायतमा आउँदो जुन १५ देखि गैरजरुरी सामानका पसलहरु पनि खुल्ने भएका छन्।

प्रधानमन्त्री बोरिस जोन्सनले संक्षिप्त पत्रकार सम्मेलन गर्दै कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन खुकुलो पार्ने सम्बन्धमा जारी गरिएको नयाँ दिशानिर्देशअनुसार जुन १५ देखि गैरजरुरी सामानका खुद्रा पसल खोल्ने अनुमति दिइने बताएका हुन्। नयाँ दिशानिर्देशअनुसार त्यस्ता पसलले सरसफाइ र सामाजिक दूरीमा विशेष ध्यान दिनुपर्ने पर्नेछ। 

प्रधानमन्त्री जोन्सनले आउटडोर मार्केट र कारका शोरुम जुन १ बाट खोल्न अनुमति दिइने पनि बताए। 

बेलायती स्वास्थ्य विभागका अनुसार बितेको २४ घन्टामा बेलायतमा कोरोना संक्रमणबाट १२१ जनाको ज्यान गएको छ। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या बेलामा ३६ हजार ९१४ पुगेको छ। – एजेन्सी