काठमाण्डौ। कोरोनाभाइरसको प्रभावका कारण बेलायतमा गत अप्रिल महिनामा जम्मा १९७ युनिट कार निर्माण भएका छन्।

सन् २०१९ को सोही महिनामा भने ७१ हजार युनिट कार निर्माण भएका थिए। कोरोनाभाइरसको प्रभावका कारण बन्द भएका कार उत्पादन दशकैपछि न्यूनतम विन्दुुमा पुुग्ने देखिएको बेलायतका कार औद्योगिक व्यवसायीहरुले बताएका छन्। 

अहिले बेलायतमा केही अटोमोटिभ साइटहरुमात्रै खुुला रहेका छन् भने देशको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी निसानले अर्काे महिनाबाट मात्रै उत्पादन सुुरु गर्ने जनाएको छ। “देशको सबल क्षेत्रका रुपमा रहेको कार उद्योगको पुनरुत्थान, लगानी र रोजगार बचाउने विषयमा सरकारले गम्भीर भएर तीव्र कदमहरु चाल्नुुपर्छ”, बेलायतको सोसाइटी अफ मोटर म्यानुुफ्याचर्स एन्ड टेडर्स (एसएमएमटी) का प्रमुुख माइक हवेसले भने। 

एसएमएमटीको प्रक्षेपणअनुुसार यो वर्ष बेलायतको कुुल कार उत्पादनमा ८ लाख ७० हजार कारको कमी आउनेछ। सन् २००९ को आर्थिक मन्दीको बेला बेलायतको कार उत्पादनमा ९ लाख ९९ हजार ४६० को कमी आएको थियो। त्योभन्दा अघि सन् १९८० को दशकमा बेलायतको कार उत्पादनमा १० लाखको कमी आएको थियो। 

यो वर्ष बेलायतको अर्थतन्त्रमा १३ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरिएको छ। – एजेन्सी