काठमाण्डौ । विश्वका अधिकांश देशमा कोरोना संन्त्रास कायमै छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशले आआफ्नै रणनीतिहरु अपनाइरहेको छ। 

यसबीच बेलायतमा ट्रिपल म्युटेन्ट कोरोनाभाइरसको चर्चा तीव्रगतिमा फैलिन थालेको छ। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानकका अनुसार योर्कशायरमा पहिलोपटक भेटिएको ट्रिपल म्युटेन्ट कोरोना भेरियन्टको भइरहेकै बेला यसका बारेमा थुप्रै यस्ता तथ्य बाहिर आएका छन्, जसले यो अधिक संक्रामक र खतरनाक रहेको पुष्टि भएको छ। 

पब्लिक हेल्ट इंग्ल्यान्डले गत शुक्रबार यो ट्रिपल म्युटेन्टका विषयमा लगातार अनुसन्धान गरिरहेको छ। यस्तो मामिला गत अप्रिलमा पहिलोपटक बेलायतमा देखिएको थियो। 

हाल बेलायतमा ट्रिपल म्युटेन्ट कोरोना संक्रमणको मामिला ४९ पुगेको स्वास्थ्य अधिकारीहरु बताउँछन्। विशेषगरी यी मामिला बेलायतको उत्तरस्थित योर्कशायर र हम्बरआपसमा बढी देखिएका छन्।

बेलायतमा शनिबार कोरोनाबाट थप २ हजार ४९४ जना संक्रमित भएका थिए। – एजेन्सी