काठमाण्डौ । बेष्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका तोयराज अधिकारी जिम्मेवारीबाट बाहिरिएका छन् । 

तोकिएको सेवाअवधि सकिएपछि अधिकारी आफैं आज सोमबारदेखि जिम्मेवारीबाट बाहिरिएका हुन् । कुशल बैंकरको छवि बनाएका अधिकारीले बैकिङ क्षेत्रमा करिब २ दशकको अनुभव हासिल गरेका छन । 

माछापुच्छ्रे बैंकबाट बैकिङ करियर शुरु गरेका अधिकारी तत्कालीन कास्की फाइनान्सको सीइओ, तत्कालीन कामना विकास बैंकको सीइओ हुँदै बेष्ट फाइनान्सको सीइओ बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीले कानूनमा स्नातक समेत गरेका छन् । अधिकारीसँग देशभित्र र बाहिरका विभिन्न बैकिङ तालिमहरुमा सहभागिता जनाएको अनुभव छ ।