काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियाका आवश्यक सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सोही सभाबाट संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा महिला सञ्चालकको नियुक्ति अनुमोदन हुनेछ। 

त्यस्तै नयाँ कार्यसमितिका लागि संस्थापक तथा सर्वसाधारण समूहबाट सञ्चालकहरुको निर्वाचन पनि सभाले गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।

सभा प्रयोजनका लागि यही वैशाख १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ। यसको अर्थ वेशाख १८ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।