काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीको ६ लाख १५ हजार कित्ता बढी सेयर आउँदो फागुन १ गतेबाट लिलामीमा राखिने भएको छ। 

कम्पनीले अवितरित कुल ६ लाख १५ हजार १०४.४७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ५ लाख ५६ हजार ६७४.५७ कित्ता र सर्वसाधारण समूहको ५८ हजार ४२९.९० कित्ता छन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले संस्थापक समूहको सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र आउँदो फागुन १५ गतेसम्म पेस गरिसक्नुपर्नेछ। बोलपत्र बेस्ट फाइनान्सको काठमाण्डौ कमलादीस्थित केन्द्रीय कार्यालय, शाखाहरु बुटवलको मिलन चोक र अमरपथ, नेपालगन्ज, घोराही, इटहरी, नारायणगढ, वीरगन्ज र पोखरा तथा प्रभु बैंकका शाखाहरु सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।