काठमाण्डौ । नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले ताल आसपास शनिबार वृक्षरोपण गरिएको छ।

पर्यटन प्रवर्द्धन तथा स्वच्छ र हरियाली वातावरण गर्ने मुख्य उद्देश्यसहित संघको कर्णाली प्रदेश समितिले वृक्षरोपण आयोजना गरेको हो। वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथिहरुमा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी र सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए। दुवै बैंकर्स संघले वातावरण स्वच्छताका लागि गरेको यो सामाजिक कार्यको प्रशंसा गरेका थिए। 

संघको कर्णाली प्रदेश समितिका संयोजक रामकुमार थापाले मेयर सुवेदी र प्रमुख जिल्ला अधिकारी रिजालप्रति आभार प्रकट गरेका थिए। उनले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए। 

कार्यक्रममा ५५ वटा वृक्ष रोपिएको थियो।