काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ४९ अर्ब रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी वाणिज्य बैंकहरुको निक्षेप पनि पुस ३० गते एकैदिन ३८ अर्ब रुपैयाँले बढेको छ। गत पुस २९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ८६ अर्ब रुपैयाँमा बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो।
बैंक तथा वित्तीय संस्थाहरुले पुस ३० गते एकैदिन २५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ।
वाणिज्य बैंकहरुले पुस ३० गते एकैदिन २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत पुस २९ गतेसम्म वाणिज्य बैंकहरुको कुल ४१ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा पुस ३० गतेसम्म बढेर ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ।
पुस ३० गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ८९.६४ प्रतिशतमा झरेको छ। गत पुस २० गतेसम्म औसत सीडी रेसियो ९०.०२ प्रतिशत रहेको थियो।
अन्तरबैंक ब्याजदर भने ४.९३ प्रतिशत रहेको छ।
12 minutes ago
37 minutes ago
44 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago