काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’ जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुले त्यस्तो निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषअन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्नुपर्नेछ।
यसरी बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवार रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ। कोषमा जम्मा गरिएको रकममाथि निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेस गर्नुपर्नेछ। आवश्यक कागजातसहित दाबी गर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विनाब्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ विकास कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago