काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा (इन्ट्राडे लिक्विडिटी फ्यासिलिटी–आईएलएफ) का लागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन माग गरेको छ। 

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै दैनिक तरलता सुविधाका लागि आवेदन पेस गर्न आह्वान गरेको हो। 

राष्ट्र बैंकले बैंकबाट जारी दैनिक तरलतासम्बन्धी कार्यविधि, २०७६ (प्रथम संशोधन, २०७८) मा भएको व्यवस्थाअनुसार आवेदन पेस गर्न आह्वान गरेको छ।

यो व्यवस्थाअनुसार दैनिक तरलता सुविधा लिन इच्छुक आरटीजीएस प्रणालीमा आबद्ध डाइरेक्ट पार्टिसिपेन्ट बैंक तथा वित्तीय संस्थाहरुले कार्यविधिको अनुसूची–१ बमोजिमको निवेदन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा पेस गर्न सक्नेछन्।