काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री नेपाली भाषामा समेत राख्नुपर्ने भएको छ । 

केही समयअघि बैंकहरुको एटीएममा नेपाली भाषा अनिवार्य गरेको केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत वेबसाइटमा राखिने सामाग्री समेत नेपाली भाषामा हुनुपर्ने व्यवस्था गरेको हो । 

हाल अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइटमा राख्ने सामाग्री अंग्रेजी भाषामा हुन्छन् । अब भने नेपाली भाषामा समेत ती सामाग्री राख्नुपर्नेछ । 

यस्तै, बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई प्रदान गर्ने सेवा सम्बन्धी जानकारी अडियो नोटिस बोर्डबाट समेत निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने व्यवस्था समेत गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तोकिएको खर्च रकम सोही प्रयोजनमा खर्च गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिंदै केन्द्रीय बैंकले कर्मचारीहरुलाई अनिवार्य रुपमा प्रमाणीकृत पाठ्यक्रममा आधारित अभिमुखीकरण सम्बन्धी प्रमाणपत्र लिनुपर्ने ब्यवस्था हुने घोषणा गरेको छ ।