काठमाण्डौ । वाणिज्य बैंकहरूबीच ब्याज दरमा अस्वस्थ्य प्रतिश्पिर्धा नगर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ अभाव भई निक्षेप आकर्षित गर्न ब्याजदरमा होडबाजी हुन थालेपछि बैंकहरूबीच बिहीबार यस्तो सहमति भएको छ ।

नेपाल बैंकसं संघका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकहरूबीच बैठक बसी निक्षेप संकलन गरे पनि ब्याजदरमा अवस्थ प्रतिस्पर्धा नगर्ने सहमति भएको जानकारी दिए । बैठकमा ब्याजदर १२ प्रतिशतभन्दा माथि नलाने सहमति भएको छ । अहिले बैंकहरूले संस्थागत लगानीकर्तालाई साढे १३ प्रतिशतसम्म ब्याजदर दिइसकेका छन् । सर्वसाधारणको मुद्दती खातामा समेत १२ प्रतिशतसम्म ब्याज पुगेको छ ।

तरलता रित्तिएको अवस्थामा १२ प्रतिशत ब्याज ठीक भए पनि केही दिनपछि नै ब्याज दर घटाउँदै लैजानुपर्ने उनीहरूको तर्क छ । यसअघि पनि बैंकले आठ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका थिए । तर, त्यो सहमति पालन हुन सकेको छैन ।

बैठकमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । बैठकमा बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले ब्याज दर निकै माथि गएको बताए । यसलाई व्यवस्थापन गर्न आवश्यक भएको उनको तर्क थियो । दोस्रो चौमाससम्ममा सरकारको विकास खर्च बढ्ने तथा पुनर्निर्माण खर्चले समेत गतिलिने भएकाले अबका केही दिनमा बैंकले अहिले जस्तो ‘क्रेडिट क्रन्च’ को समस्या झेल्नु नपर्ने निष्कर्ष बैंकर्सको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा.युवराज खतिवडा अहिलको समस्या छोटो समयका लागि भएको र सरकारी खर्च हुन थालेपछि तरलता अभाव हट्ने बताउँछन् । ‘बैंकहरूले गरेको अस्वस्थ प्रतिस्पर्धाको दीर्घकालीन असर पर्ने देखिन्छ’, उनले  भने,‘ अर्थतन्त्रका लागि पनि महँगो ब्याज राम्रो होइन ।’ नेपाल लाइफको फरद्र पब्लिक अफरिङ (एफपीओ) को ५२ अर्ब पनि फिर्ता आउने बेला भएकाले आत्तिएर ब्याजदर बढाउन नहुने तर्क बैंकर्सको छ ।यो खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ ।