काठमाण्डौ । पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम (तरलता) सहज बन्द गएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाको रकम बैंकिङ प्रणालीमा जानु र सरकारको पुँजीगत खर्च बढ्दै जानुले तरलता सहज बन्दै गएको हो। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार हाल प्रणालीमा ५८ अर्ब रुपैयाँ रहेको छ। 

सरकारले पुँजीगत खर्च बढाउँदै जाँदा तथा पुनरकर्जाको रकम पनि धमाधम बैंकहरु लगेका कारण प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना भएको पोखरेलले बताए। ‘हालसम्म स्वीकृत १२५ अर्ब रुपैयाँ पुनरकर्जाको रकममध्ये बैंकहरुले ११० अर्ब बढी लगिसकेका छन्’, उनले भने, ‘स्वीकृत पुनरकर्जाको सबै रकम छिटै परिचालन भइसक्छ।’ 

अन्तरबैंक ब्याजदर ह्वात्तै घट्नुले पनि तरलता सहज बन्दै गएको पोखरेलको भनाइ छ। हाल अन्तरबैंक ब्याजदर ०.५ प्रतिशतभन्दा तल रहेको छ।