काठमाण्डौ । बैंकिङ प्रणालीमा मंगलबार एकैदिन ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गते (मंगलबार) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ९ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। गत असार १३ गतेसम्म कुल निक्षेप ४९ खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो।
यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ। गत असार १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ४४ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने असार १४ गते १ अर्ब रुपैयाँले मात्रै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछन्। गत असार १३ गते कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा असार १४ गते बढेर ४७ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
यो दिन वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। गत असार १३ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।
असार १४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ८९.१४ प्रतिशतमा सीमित बनेको छ। गत असार १३ गतेसम्म औसत सीडी रेसियो ८९.२६ प्रतिशत थियो।
बैंकहरुको अन्तरबैंक ब्याजदर ७ प्रतिशत रहेको छ।
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago