काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)निरन्तर सहज हुँदै गइरहेको छ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बैंकिङ प्रणालीमा तरलता सुधार भइरहेको बताएका हुन्। ‘पछिल्लो समय प्रणालीमा १२ अर्ब ३ करोड रुपैयाँ अधिक तरलता छ’, उनले भने, ‘यसले तरलता सुधारिँदै गएको संकेत गर्छ।’
राष्ट्र बैंकका अनुसार पछिल्लो ३ दिनमा बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २२ गतेदेखि पुुस २४ गतेभित्र प्रणालीमा १५ अर्ब रुपैयाँ निक्षेप बढेको हो। पुस २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा पुस २४ गतेसम्म बढेर ५३ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ। पुस २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। पुस २१ गतेसम्म कुल निक्षेप ४६ खर्ब ७७ अर्ब रुपैयाँ थियो।
त्यसैगरी पुस २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा पुस २४ गतेसम्म ४ अर्बले बढेर ४७ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। पुस २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले पुस २४ गतेसम्म अन्तरबैंक ब्याजदर ६.२६ प्रतिशत र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४० प्रतिशत कायम भएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago