काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १० रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५३ खर्ब ६५ अर्ब रुपैपाँ थियो। 

यो दिन बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी भने ६ अर्ब रुपैयाँले बढेको छ। गत माघ २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा माघ २५ गतेसम्म बढेर ४८ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। 

माघ २५ मा वाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेर ४७ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४७ खर्ब २७ अर्ब रुपैयाँ थियो। 

यो दिन वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४३ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो। 

माघ २५ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ८६.६३ प्रतिशत र अन्तरबैंक ब्याजदर बढेर ४.३५ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो र अन्तरबैंक ब्याजदर क्रमशः ८६.२३  प्रतिशत र ४.१० प्रतिशत थियो।