काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब रुपैयाँ बाहिरिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चैत १ एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा चैत १ गते घटेर ५४ खर्ब २ अर्ब रुपैयाँमा झरेको छ। 

यो दिन वाणिज्य बैंकहरुको निक्षेप पनि १२ अर्ब रुपैयाँले घटेर कुल निक्षेप ४७ खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन फागुन ३० गतेसम्म कुल निक्षेप ४७ खर्ब ७३ अर्ब रुपैयाँ थियो। 

चैत १ मा बैंक तथा वित्तीय कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले घटेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन फागुन ३० गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब १७ अर्ब रुपैयाँ थियो। 

चैत १ मा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ५ अर्ब रुपैयाँले घटेर ४२ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४२ खर्ब ७५ अर्ब रुपैयाँ थियो। 

बैंकहरुको औसत सीडी रेसियो चैत १ गते सामान्य बढेर ८५.६९ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८५.६० प्रतिशत कायम भएको थियो। 

चैत १ अन्तरबैंक ब्याजदर पनि सामान्य बढेर ७.०१ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ७ प्रतिशत थियो।