काठमाण्डौ । पछिल्लो १५ दिनको अवधिमा बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ। गत जेठ ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब ९५ अर्ब रुपैयाँ थियो। यो हिसाबले यो १५ दिनको अवधिमा बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ निक्षेप बढेको छ।
यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि २८ अर्ब रुपैयाँले बढेको छ। गत जेठ ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा जेठ २० गतेसम्म बढेर ४९ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकहरुको कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले बढेको छ। गत जेठ ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ४६ अर्ब रुपैयाँ रहेकोमा यो १५ दिनको अवधिमा बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरुको कुल कर्जा लगानी यो १५ दिनमा २ अर्ब रुपैयाँले बढेर जेठ २० गते ४२ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। गत जेठ ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो।
त्यसो निक्षेप थपिने क्रम बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)मा सुधार आएको छ। गत जेठ ४ गतेसम्म सीडी रेसियो ८४.८२ प्रतिशत रहेकोमा जेठ २० गतेसम्म घटेर ८४.५६ प्रतिशतमा झरेको छ।
अन्तरबैंक ब्याजदर पनि घटेर जेठ २० गते ६.७५ प्रतिशत कायम भएको छ। गत जेठ ४ गते अन्तरबैंक ब्याजदर ७ प्रतिशत थियो।
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago