काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ। 

सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक वैकुण्ठकुमार सैंजू र साक्को रिसोर्टका प्रमुख श्रीवन्तलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात बैंकका ग्राहकले साक्को रिसोर्टको सेवाहरु उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १०% छुट पाउनेछन्। साक्को रिसोर्टले काठमाण्डौको साँखुमा अवस्थित छ। 

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।