काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेडले विशेष साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले आउँदो चैत ३ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भर्चुअल माध्यमबाट बिहान १० बजदेखि सुरु हुनछ।

सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकका निर्वाचन गर्नेछ। 

यसैगरी विशेष प्रस्तावहरुमा संशोधन गर्न नियामक नपाल राष्ट्र बैंकबाट निर्देशन भएमा आवश्यक सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालकलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि बैंकले यही फागुन २३ गतेदेखि चैत ३ गतेसम्म बुक क्लोज गर्नेछ। यसको अर्थ फागुन २२ गतेसम्म कायम सेयरधनीहरुमात्र सभा भाग लिन योग्य हुनेछन्।