काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सम्यक डाइग्नोटिस्क प्रालिमा सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

छुटसम्बन्धमा बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोस्टिकबीच सम्झौता भएको हो। सम्झौताअनुसार सम्यक डाइग्नोस्टिकमा लिएको सेवाबापतको भुक्तानी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डका माध्यमबाट गर्दा बैंकका ग्राहकलाई १०% सम्म छुट पाउनेछन्। 

यससम्झौतापश्चात ग्राहकले सम्यक डाइग्नोस्टिकले प्रदान गर्ने प्याथोलिजीसम्बन्धी स्वास्थ्य सेवाहरु उपभोगबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १०% सम्म छुट पाउनेछन्। 

सम्यक डाइग्नोस्टिकले काण्ठमाण्डौ उपत्यकामा सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।  

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।