काठमण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। 

सेबोनले बैंक अफ काठमाण्डूलाई ‘बीओके डिबेन्चर–२०८६’ र हिमालयन बैंकलाई ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो। यी दुवै ऋणपत्र ७ वर्षे अवधि हुन्। 

बैक अफ काठमाण्डूले १ हजार अंकित दरका कुल ११ लाख इकाइ निष्कासन गर्नेछ। जसमा ६ लाख ६० हजार इकाइ व्यक्तिगत तबरबाट र ४ लाख ४० हजार इकाइ सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ। 

यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। 

यसैगरी हिमालयन बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ। 

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।