– रेखा चन्द

काठमाण्डौ । ग्राहकलाई मध्यनजर गर्दै बैंकहरुले विभिन्न किसिमका बचत खाता योजना ल्याउने गर्दछन्। पछिल्लो समय त झन निक्षेप तान्नकै लागि भए पनि बैंकहरुले डबल निक्षेप योजना धमाधम ल्याइरहेको अवस्था छ। 

बैंकहरुले बचत र कर्जा दुवैतर्फ विभिन्न सुविधासहितका योजनाहरु ल्याउने गरेका छन्। यस्तै योजनामा ग्राहकलाई सुविधै सुविधा दिने बैंक हो, माछापुच्छ्रे बैंक। 

यो बैंकले बचत खातातर्फ पनि व्यक्तिगत बचत खाता, आवधिक निक्षेप, कल र चालु खाताबाट सेवा दिइरहेको छ। बैंकको व्यक्तिगत बचत खाताभित्र १७ वटा बचत योजना छन् भने आवधिक निक्षेपअन्तर्गत २ वटा र कल वा चालु खातामा पनि २ वटा योजना छन्। 

बैंकका अनुसार सबै बचत खातामा ग्राहकको सहभागी बढ्दोछ। बैंकले यस्ता खातामा ग्राहकलाई आकर्षक ब्याजदर, डिम्याट खाता, क्रेडिट कार्ड, मेरो सेयर, इन्टरनेट बैंकिङ, डेबिट कार्ड निःशुुल्क गरेको छ। 

बैंकले डिजिटल बैंकिङलाई फोकस गरिरहेको छ। कुुनै पनि ग्राहक सकेसम्म बैंक नै आउन नपरोस् र घरमै बसेर धेरैभन्दा धेरै सुुविधा लिन सकोस् भन्ने अभियानमा बैंक लागेको छ। 

अधिकांश खाताहरुको शुल्कमा छुट पहिलो वर्षका लागिमात्र लागू हुने बैंकले जनाएको छ। दोस्रो वर्षदेखि एसटीसीअनुसार शुुल्क लिइनेछ। 

यस्तै बैंकले सामान्य बचतर्फको खातामा ८.०३ प्रतिशतसम्म ब्याज दिइरहेको छ। रिकरिङ डिपोजिटमा ९ प्रतिशत, व्यक्तिगत र संस्थागत विदेशी मुुद्रा डिपोजिटमा ७.२५ प्रतिशतसम्म ब्याजदर रहेको छ। व्यक्तिगत फिक्स्ड डिपोजिटमा ११.०३ प्रतिशत ब्याज बैंकले दिएको छ। साथै, संस्थागत फिक्स्ड डिपोजिटमा १०.०३ प्रतिशत, रेमिट्यान्समा १२.०३ र स्टक्चरल फिक्स्ड डिपोजिटमा ५ प्रतिशत ब्याजदर रहेको छ। 

यस्ता छन् व्यक्तिगततर्फका बचत खाताहरु–

१. एमबीएल स्र्माट प्लस सेभिङ खाता

बैंकले स्मार्ट प्लस बचत खाता राम्रो प्रतिफल खोज्ने ग्राहकका लागि ल्याइएको हो। यसमा सबै उमेर समूहका ग्राहकले सहभागी हुनसक्ने पनि बैंकले जनाएको छ। 

विषेशता तथा सुविधाः न्यूनतम मौज्दात १००, निःशुल्क चेकबुक र खाता विवरण, लकर चार्जमा ५० प्रतिशत छुट, निःशुल्क इन्टरनेट बैंकिङको सुविधा, निःशुल्क एमबीएल मोबाइल मनीको सुविधा, निःशुल्क डेबिट कार्डको सुुविधा, निःशुल्क आस्बा सुविधा, निःशुल्क डिम्याट खाता खोल्न सकिने, निःशुल्क क्रेडिट कार्डको सुुविधा, निःशुल्क मेरो सेयरको सुुविधा।

२. एमबीएल पेवा बचत खाता

बैंकका अनुसार पेवा बचत खाता नेपाली नारीहरुलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको खाता हो। यस खातामा आकर्षक सुविधा तथा विशेषता छन्। 

विषेशता तथा सुविधाः न्यूनतम मौज्दात रु. १०० मा खाता खोल्न सकिने, केवल महिलाले मात्र यो खाता खोल्न सक्ने, लकरको वार्षिक भाडा शुल्कमा रु. ५० प्रतिशत छुट, निःशुल्क इन्टनेट बैंकिङको सुविधा, खाता नाबालिगको संयुक्त नाममा पनि खोल्न सकिने (नाबालिग छोरा वा छोरी हुन सक्छ)। 

३. एमबीएल बालबालिका बचत खाता

बैंकले सानो उमेरदेखि नै भविष्यका लागि बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ १८ वर्षभन्दा कम उमेरका बच्चाहरुलाई लक्षित गरी एमबीएल बालबालिका बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ। यो खाताले बालबालिकाका साथसाथै अभिभावकहरुलाई समेत आफ्नो बच्चाको भविष्यका लागि वित्तीय अनुशासन कायम गर्न सहयोग गर्नेछ। यो खाता अन्र्तगत विभिन्न विषेशता पाइनेछ। 

विषेशता–सुविधाः शून्य मौज्दातमा खाता खोल्न सकिने, त्रैमासिक व्याज भुक्तानी हुने, योजना नाबालिगका लागिमात्र लक्षित, खातावालाले कानुनी रुपले खाता सञ्चालनका लागि योग्य भएपछि स्वतः रुपमा खाताको स्वरुप परिवर्तन हुने र निःशुल्क इन्टरनेट बैंकिङको सुविधा। 

४. एमबीएल विद्यार्र्थी बचत खाता

भविष्यका कणर्धार विद्यार्र्थीलाई सानै उमेरबाट बचत गर्ने बानीको विकास गर्न वित्तीय अनुशासन सिकाउनका लागि विद्यार्र्थी बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। विद्यार्र्थी बचत खाता ६ वर्षदेखि २५ वर्षसम्मको उमेर समूहका विद्यार्थीले खोल्न सक्ने प्रकृतिको खाता हो। यस बचत खाताअन्तर्गत निम्नलिखित सुविधाहरु प्रदान गरिनेछ– 

विषेशता–सुविधाः शून्य मौज्दातमा खाता खोल्न सकिने, त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने, निःशुल्क इन्टरनेट बैंकिङ तथा मोबाइल मनी, निःशुल्क डिम्याट खाता र मेरो सेयर, डेबिट कार्ड निःशुल्क, निःशुल्क चेकबुक र खाताको स्टेटमेन्ट (ग्राहकको आग्रहअनुसार), निःशुल्क ई–मेलमार्फत मासिक रुपमा स्टेटमेन्ट प्राप्त गर्न सकिने, खातावाल १८ वर्ष उमेर पुगेपछि खाता सञ्चालक स्वतः परिवर्तन हुने। 

नोटः शुल्कमा छुट पहिलो वर्षका लागिमात्र लागू हुनेछ। दोस्रो वर्षदेखि एसटीसीअनुसार शुल्क लिइनेछ। तर, यस सेवामा बीमा सुविधाहरु साउन १, २०७७ बाट बन्द छ।

५. एमबीएल युवा बचत खाता

युवावर्गलाई लक्षित गरी बचत गराउने बानीको विकास गर्ने उद्देश्यसहित एमबीएल युवा बचत खाता सञ्चालनमा ल्याइएको हो। 

विषेशता–सुविधाः न्यूनतम मौज्दात रु. १००, त्रैमासिक ब्याज भुक्तानी, नाबालिगका लागिमात्र लक्षित खाता, १८–४० वर्ष उमेर समूहलाई लक्षित, निःशुल्क इनटरनेट बैंकिङ। 

६. एमबीएल सेयरधनी बचत खाता

बैंकले सेयरधनीहरुलाई वित्तीय समाधानहरु प्रदान गर्दै बैंकिङ आवश्यकता पूरा गर्नका लागि एमबीएल सेयरहोल्डर बचत खाता सञ्चालनमा ल्याएको हो। 

विशेषता तथा सुविधाः न्यूनतम मौज्दात शून्य, डेबिट कार्डको निःशुल्क सदस्यता, निःशुल्क एबीबीएस सुविधा, इन्टरनेट बैंकिङको निःशुल्क सदस्यता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट र मेरो सेयर खाता, यो खाता एमबीएलका सेयरधनीहरुले मात्रै खोल्न सक्ने। 

७. एमबीएल साधारण बचत खाता

एमबीएल साधारण बचत खाता शून्य मौज्दातमै खोल्न सकिने खाता हो। यो खाताअन्तर्गत निम्नविशेषताहरु रहेका छन्– त्रैमासिक ब्याज भुक्तानी, शून्य मौज्दातमा खाता खाल्न सकिने, निःशुल्क इन्टरनेट बैंकिङ। 

८. माछापुच्छ्रे बचत खाता

माछापुच्छ्रे बचत खाता प्रिमियम बचत खाताहरुमध्येको एक यस्तो खाता हो, जुन व्यक्तिगत र संस्थागत ग्राहक (गैरनाफामूलकक संगठनहरु) दुवैले खोल्न सक्नेछन्। यस खातामा ग्राहकलाई उच्चतम ब्याजदरसँगसँगै विभिन्न आकर्षक सुविधाहरु प्रदान गरिनेछ। 

व्यक्तिगत ग्राहकका लागि दिइने सुविधा: न्यूनतम मौज्दात रु. ५००, नेपालभित्र कुनै पनि बैंकको एटीएमबाट निःशुल्क भुक्तानीको सुविधा, डेबिट कार्ड निःशुल्क, निःशुल्क एबीबीएस सुविधा, इन्टरनेट बैंकिङ निःशुल्क, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट र मेरो सेयर खाता आदि। 

संस्थागत ग्राहकका लागि सुविधा: (एनजीओ, आईएनजीओ, ट्रस्ट र अन्य गैरनाफामूलक संस्था)हरुलाई प्रदान गरिने सुविधाहरुः शून्य मौज्दातः शून्य, इन्टरनेट बैंकिङ निःशुल्क, निःशुल्क एबीबीएस सुविधा, निःशुल्क चेकबुक र खाता विवरण।

९. एमबीएल एपसीएल बचत खाता

विदेशमा बस्ने नेपालीहरुबाहेक नेपालमा बसोबास गर्ने धेरै व्यक्तिहरु, नेपाली र विदेशी दुवैले कहिलेकाहीँ वा बारम्बार आफ्नो आम्दानी वा व्यवसायका कारणले विदेशी मुद्राको साथ ट्रयाक्सन गर्न आवश्यक छ। नेपालका बैंकहरुले विदेशी मुद्राको कारोबारलाई सुरक्षित र सहज बनाउन विदेशी मुद्रा बचत खाताहरु विकास गरेका छन्। यो खाता खोल्नका लागि व्यक्तिहरुले नेपाल राष्ट्र बैंकको निर्देशनहरु पालना गर्नुपर्छ। यसमा बैंकले उच्चतम ब्याज दिइरहेको छ।  

१०. एमबीएल स्मार्ट बचत खाता

एमबीएल स्मार्ट बचत खाता बैंकको लोकप्रिय बचत खाताहरु मध्ये एक हो। एमबीएल स्मार्ट बचत खातामा उच्चतम व्याजदरको साथमा अन्य थुपै आर्कषक सुविधाहरु प्रदान गरिएको छ। 

विषेशता तथा सुविधाः न्यूनतम मौज्दात रु. १ हजार, वार्षिक लकरको शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क इन्टरनेट बैंकिङ तथा मोवाईल बैंकिङ सुविधा, निःशुल्क डेविट तथा क्रेडिट कार्ड, निःशुल्क एबीबीएस सुविधा, निःशुल्क डिम्याट खाता तथा मेरो सेयर। 

११. एमबीएल स्मार्ट तलबी खाता

स्मार्ट तलबी खाता विभिन्न कार्यालयहरुको तलब व्यवस्थापन गर्नका लागि ल्याइएको खाता हो। 

विशेषता र सुविधाः न्यूनमत मौज्दात शून्य, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ निःशुल्क, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क, निःशुल्क एबीबीएस सुविधा, डिम्याट तथा मेरो सेयर निःशुल्क, चेकबुक तथा खाताको विवरण (ग्राहकको मागअनुसार) निःशुल्क,स्वास्थ्य र दुर्घटना बीमा सुविधाः रु. ७ लाखबराबरको दुर्घटना बीमा आशिंक आशक्तता सुविधा, रु. ५० हजार बराबरको मेडिकल बीमा सुविधा (अस्पताल भर्नाका लागि ४० हजार तथा औषधि उपचारका लागि १० हजार), १ लाखबराबर जटिल रोगको उपचार सुविधा। 

नोटः ग्राहकले बिमा दाबी गर्दा चेकअप तथा अस्पताल भर्ना भएको १५ दिनभित्र दाबी गरिसक्नुपर्नेछ।

१२. एमबीएल सुरक्षित तलब खाता

एमबीएल सुरक्षित तलब खाता तलब व्यवस्थापन योजना हो। जुन देशभरि व्यापक नेटवर्क भएका संस्थाहरुको नगद व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यका साथ यो योजना ल्याइएको बैंकले जनाएको छ। यो योजनाअन्तर्गत बैंकले ग्राहकलाई दुर्घटना बीमा सुविधा प्रदान गरिरहेको छ। 

विशेषता तथा सुुविधाः न्यूनतम मौज्दात शून्य, ग्राहकको अनुरोधमा हरेक त्रैमासमा खाताको विवरण पठाउने व्यवस्था, लकरको बार्षिक सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट, इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ निःशुल्क, डेबिट कार्ड निःशुुल्क, निःशुल्क एबीबीएस सुविधा, रु. ७ लाखसम्मको दुर्घटना बीमा सुविधा (आंशिक अशक्ततासहित)। 

१३. एमबीएल तलब व्यवस्थापन खाता

आफ्ना कर्मचारीहरुको तलब व्यवस्थापनका लागि एमबीएल तलब व्यवस्थापन खाता सञ्चालनमा ल्याइएको हो। 

विशेषता तथा सुुविधाः न्यूनतम मौज्दात शून्य, ग्राहकको अनुरोधमा हरेक त्रैमासमा खाताको विवरण पठाउने व्यवस्था, लकरको वार्षिक सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट, इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ निःशुुल्क, डेबिट कार्ड निःशुल्क, निःशुल्क एबीबीएस सुविधा, यदि खातामा ६ महिनाभन्दा बढी समयसम्म तलब प्राप्त नभएमा स्वतः साधारण बचत खातामा रुपान्तरण हुने। 

नोटः यस खातामा प्रदान गरिँदै आएका बीमा सुविधाहरु साउन १, २०७७ बाट बन्द गरिएको छ।

१४. एमबीएल सम्मान बचत खाता

एमबीएल सम्मान बचत खाता योजना ५० वर्ष माथिका व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना हो। विशेषगरी जागिरे जीवनबाट निवृत्त भएपछि भविष्य सुनिश्चित गर्न चाहने व्यक्तिहरुका लागि उययुक्त छनोट हो, सम्मान बचत खाता। 

विशेषता तथा सुुुुुविधाः न्यूनतम मौज्दात रु. १००, त्रैमासिक रुपमा ब्याज भुक्तान, निःशुल्क इन्टरनेट बैंकिङ, लकर शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क एबीबीएस सुविधा, ५० वर्ष वा सोभन्दा माथिका व्यक्तिले मात्र खाता खोन सक्ने, ५० बर्षमाथिका एकै परिवारका व्यक्तिहरुको संयुक्त खाता खोल्न सकिने। 

१५. एमबीएल रेमिट्यान्स बचत खाता

वैैदेशिक रोजगारीका लागि गएका र जान चाहने व्यक्तिहरुलाई लक्षित गरी रेमिट्यान्स बचत खाता सञ्चालनमा ल्याइएको हो। 

विशेषता तथा सुविधाः न्यूनतम मौज्दात शून्य, निःशुुल्क इन्टरनेट बैंकिङ। 

नोटः यस खातामा प्रदान गरिँदै आएका बीमा सुविधाहरु साउन १, २०७७ बाट बन्द गरिएको छ।

१६. एमबीएल एक व्यक्ति एक खाता योजना

सरकारको सञ्चालन गरिरहेको ‘खोलौँ बैंक खाता अभियान, २०७६’ अन्तर्गत रहेर सञ्चालनमा ल्याइएको यो खाता कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता नभएका व्यक्तिहरुले खोल्न सक्नेछन्। यो खाताअन्तर्गत खोलिएको खातामा बैंकले आफ्नो तर्फबाट १०० मौज्दातसमेत राखिदिनेछ। यो खाता खोल्नका लागि बैंकले सरलीकृत फारमसमेत तयार गरेको छ। 

विशेषता तथा सुुविधाः न्यूनतम मौज्दात रु. १००, त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने, सरलीकृत खाता खोल्ने फारमको व्यवस्था, खाताको वार्षिक कारोबार सीमा रु. १ लाखमात्र रहनेछ। यदि ग्राहकको वार्षिक कारोबार रु. १ लाखभन्दा बढी भएको खण्डमा अन्य कुनै खातामा रुपान्तरण गर्नुपर्ने, कुनै पनि वित्तीय संस्थामा खाता नभएका ग्राहकले मात्र यो खाता खोल्न सक्ने।

१७. एमबीएल प्रिमियम बचत खाता

माछापुच्छ्रे बैंकको प्रिमियम सेवाहरुमध्येको एक हो, प्रिमियम बचत खाता। 

विशेषता तथा सुविधाः न्यूनतम मौज्दात रु. १ हजारमात्र, त्रैमासिक व्याज भुक्तानी, निःशुल्क इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ, लकरका शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्डको सदस्यता शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क एबीबीएस सुविधा, होम लोन र अटो लोनमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, निःशुुल्क डिम्याट खाता, निःशुल्क चेकबुक तथा खाताको विवरण (ग्राहकले माग गरेको समयमा) आदी। 

आवधिक निक्षेपतर्फका खाता 

१. एमबीएल स्मार्ट स्क्वायर डिपोजिट 

स्मार्ट स्क्वायर डिपोजिट उत्पादन आफ्नो दीर्घकालीन लगानीबाट राम्रो प्रतिफल खोज्ने ग्राहकलाई लक्षित गरिएको छ। 

विशेषता तथा विशेषः जम्मा गरेको निश्चित रकम ६.५ वर्षको अन्त्यमा दोब्बर हुने, न्यूनतम मौज्दात पचास हजार, सञ्चयी प्रकृति (ब्याज रकमलाई मुद्दति निक्षेपमा पुँजीकरण गरी परिपक्वताको समयमा लगानीको दोब्बर रकम उपलब्ध गराउनका लागि त्यस्तो पुँजीकृत ब्याज रकममा ब्याज उपलब्ध गराउने), निक्षेप रकमको ९० प्रतिशत कर्जा लिन सकिनेलगायत व्यवस्था। 

२. एमबीएल रिकरिङ डिपोजिट खाता

स–सानो बचतलाई ठूलो आकार दिने उद्देश्यका साथ सुरु गरिएको रिकरिङ बचत खाता भविष्यका लागि उपर्युक्त बचतको उपाय हो। आफ्ना बालबच्चाको शिक्षा, विवाह तथा निश्चित उमेरपछिको रिटायर्ड जीवनका लागि एमबीएल बचत खाताले महत्वपूर्ण भूमिका खेल्दछ। हरेक महिना निश्चित रकम यो खातामा जम्मा हुँदै गएर निश्चित अवधिपछि एकमुष्ठ रकम ब्याजसहित बैंकले भुक्तानी गर्ने गर्दछ। 

विशेषता तथा सुविधाः ६ महिनादेखि २० बर्षसम्मको अवधिका लागि रकम राख्न सकिने, उच्चतम ब्याजदरको व्यवस्था।

कल र चालु खातातर्फका खाता

१. एमबीएल कल खाता

असीमित रकम राख्न तथा निकाल्न सक्ने मुख्य विशेषताका साथ एमबीएल कल एकाउन्ट सञ्चालनमा ल्याइएको हो। 

विशेषता तथा सुविधाः नेपाली तथा विदेशी विभिन्न मुद्रामा खोल्न सकिने, त्रैमासिक रुपमा व्याज भुक्तानी, ग्राहकको आग्रहअनुसार खाताको विवरण प्रदान गरिने, असीमित रकम जम्मा गर्न तथा निकाल्न सकिने।

२. एमबीएल चालु खाता

एमबीएल करेन्ट डिपोजिट खाता व्यक्तिगत (एकल वा संयुक्त रुपमा), पार्टनरसिप फर्म, कम्पनी, कर्पोरेसन, ट्रस्ट, सरकारी कार्यालय तथा संस्थाहरुले खोल्न सक्ने प्रकृतिको खाता हो। 

विशेषता तथा सुविधाः बैंकका जुनसुकै शाखा कार्यालयहरुबाट विनाझन्झट कारोबार गर्न सकिने, चेकका माध्यबाट खाता सञ्चालन हुने, सम्झौताअनुसार स्वतः कल डिपोजिट खातामा रकमान्तर हुने, इन्टरनेट बैंकिङ सुविधा, नेपाली तथा विदेशी मुद्रामा खाता खोल्न सकिने, ओभरड्राफ्ट सुविधा।