काठमाण्डौ । अबदेखि सबै बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन पेस गर्नुपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। 

नयाँ व्यवस्थाअनुसार अब क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विद्युतीय माध्यम (goAML- Production Environment) बाट मात्र सीमा तथा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन पेस गर्नुपर्नेछ।

यसअघि गत २०७६ माघ १ देखि वाणिज्य बैंकहरुको हकमा मात्रै यो व्यवस्था अनिवार्य गरिएको थियो।