काठमाण्डौ । पछिल्लो समय बैंक र बिमा कम्पनीहरुमा जागिरको बग्रेल्ती अवसरहरु खुल्न थालेका छन् । दिनहुँजसो आफूलाई आवश्यक जनशक्ति माग गर्दै कम्पनीहरुले आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्न थालेका छन् । 

बुधबार पनि सिद्धार्थ बैंक, प्रूडेन्सियल इन्स्योरेन्स र गरिमा विकास बैंक लिमीटेडले कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेका छन् । 

सिद्धार्थ बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि दर्जनौ कर्मचारी मागेको छ । यो बैंकको इन्टी लेभलको जागिर हो । २८ वर्ष उमेर ननाघेका र म्यानेजमेन्ट तथा सम्बन्धित बिषयमा मास्टर डिग्री गरिसकेकाहरुले यो पदमा आवेदन दिन पाउने बैंकले जनाएको छ । सूचना यस्तो छ:

उता, प्रूडेन्सियल इन्स्योरेन्सले डेपुटी सीइओ पदमा दरखास्त आह्वान गरेको छ । बैंक तथा बित्तीय संस्थामा ८ वर्षको कार्यानुुभव भएका वा जनरल इन्स्योरेन्स कम्पनीको म्यानेजर तथा त्यसभन्दा माथिको पदमा रहेर ५ वर्ष काम गरेकाहरुले आवेदन दिन पाउने सूचनामा उल्लेख छ । ५० वर्ष ननाघेको र जुनसुकै बिषयमा मास्टर डिग्री उपाधि हासिल गरेको हुनुपर्ने समेत उल्लेख छ । कम्पनीको सूचना यस्तो छः

यस्तै, राष्ट्रिय स्तरको विकास बैंक, गरिमा विकास बैंकले दुुई पदका लागि केही कर्मचारी मागेको छ । यो बैंकले झापा, मोरंग र सुनसरी जिल्लामा खोलिने शाखा कार्यालयका लागि अधिकृत र कनिष्ठ अधिकृत मागेको छ । यस्तै, तिनै क्षेत्रका शाखामा काम गर्ने गरी केही वरिष्ठ सहाय र सहायक पनि मागिएको छ । अधिकृत र कनिष्ठ अधिकृतमा स्नातक गरेकालाई र सहायक वा वरिष्ठ सहायकमा दशजोड दुुई उत्तीर्णलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । कम्पनीले जारी गरेको सूचना यस्तो छ: