काठमाण्डौ । योजनाबद्ध ढंगले संसद विघटनको सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि बैशाख २३ गते चुनाव गर्न सिफारिस गरेका छन् । 

स्रोतका अनुसार प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न भन्दै ओलीले यस्तो सिफारिस गरेका हुन् । 

राष्ट्रपति कार्यालयस्थित उच्च स्रोतका अनुसार कार्यकारी प्रमुखले संसद विघटनको सिफारिस गरेपछि त्यसलाई रोक्न मिल्ने संवैधानिक व्यवस्था छैन । तर, यो समाचार तयार पार्दासम्म राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनावको विषयमा गरिएको सिफारिसको विषयलाई अनुमोदन गरिसकेकी छैनन् ।