काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेका छन्।

दुवै कम्पनीको गत असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। 

बोटलर्स नेपालले प्रतिसेयर २० रुपैयाँ र बोटलर्स नेपाल (तराई)ले प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश दुवै कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।