काठमाण्डौ । नेप्सेको दैनिक चार्टअन्तर्गत बजारको मूल्यरेखाले आज बोलिंगरको मध्य ब्यान्ड छोडेर तल झरेको छ। 

यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ (हेर्नुहोस् कालो एरो)। योसँगै बजारले अब तल्लो ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। 

दैनिक चार्टमै म्याक्डीमार्फत बजारलाई हेर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट क्रस गर्न खोजेको तर बियरिस क्रसओभर भने नभइसकेको अवस्था छ। हिस्टोग्राम पोजिटिभ भए पनि विस्तारै–विस्तारै छोटा–छोटा र फिक्का हुँदै गएका छन्। यसले निकट भविष्यमा बियरिस क्रसओभर हुने सक्ने सम्भवना देखिन्छ। 

त्यसैगरी आरएसआई पनि घट्दो क्रममा ४५ को तहमा पुगेको देखिन्छ। तीनवटै इन्डिकेटरलाई समग्र रुपमा केलाउँदा भने बजारमा केही समय करेक्सन आउन सक्ने देखिन्छ। 

सुपर ट्रेन्डमार्फत बजारलाई हेर्दा मूल्यरेखाहरुले ट्रेन्ड लाइनलाई माथिबाट काटेर तल झरेको छ। योसँगै ट्रेन्डको रङ पनि हरियोबाट रातो बनेको छ। यसले बिक्री दबाब परेको बुझिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस होइन।