काठमाण्डौ । गत नोभेम्बर ७ मा बोलिंगरको माथिल्लो ब्यान्ड १९९० मा प्रतिरोध सामाना गरेर तल झरेको सेयर बजार आज फेरि १९०० माथि बन्द भएको छ।
गएका दुई कारोबारमा बजारले १८८० मा बलियो सपोर्ट लिएर आज २१ अंकले बढोत्तरी भएको छ। प्राविधिक रुपमा हेर्दा आज बजारले बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ।
घट्दा पनि एकैपटक नघट्ने र बढ्दा पनि एकैपटक नबढ्ने बजारको सुुन्दर पक्ष हो। आज मध्य ब्यान्डमा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो होला ? घटिरहेको बजारमा यो प्रश्न उठ्नु स्वाभाविक नै हो।
यदि भोलिको कारोबारमा बजार १९२५ भन्दा माथि भोलुमसहित बढेर बन्द हुन्छ भने बजारमा पुनः प्रवेशका लागि सोच्न सकिन्छ। म्याक्डीमा केही समयपहिले बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। तर, हिस्टोग्राम फिक्का नै छन्।
यदि आगामी कारोबारमा हिस्टोग्राम अघिल्ला हिस्टोग्रामभन्दा बोल्ड र लामा–लामा बन्दै जान्छ भने पनि बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। आरएसआईमार्फत हेर्दा भने बजारले डाउ थेउरीअन्तर्गत ‘हायर हाई’ र ‘हायर लो’का सिरिज बनाउँदै गरेको देखिन्छ।
तीनवटै इन्डिकेटरहरुलाई संयुक्त रुपमा विश्लेषण गर्दा बजार अझै मजबुत नै देखिन्छ। आरएसआई अघिल्लोपटक ६० कै तह आसपासबाट तल फर्केका कारण पुनः एकपटक ओभरबट जोनमा पुग्न सक्ने सम्भावना भने जीवितै छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
15 hours ago