– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार ४ दिन घट्यो भने १ दिन झिनो अंकले बढेको छ। 

अघिल्लो साता २००२.७० मा बन्द भएको बजार यो साता १९३३.३१ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ६९.३९ अंकले गिरावट आएको छ। अघिल्लो साता सेयर बजारमा करिब ३४ अंकले बढोत्तरी आएको थियो। 

यो साता दोस्रो बजारमा ६ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ४ अर्ब रुपैयाँ हाराहारीमात्रै भएको थियो। यस हिसाबले यो साता नेप्से परिसूचकमा गिरावट आएको छ भने कारोबारमा केही सुधार आएको छ। 

इचिमोकुका आधारमा 

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो। 

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखा र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ। इचिमोकु क्लाउडअन्तर्गत मूल्यरेखाहरु क्लाउडको पोजिसनभन्दा तल झरेका छन् (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो)। योसँगै क्लाउन पोजिसन पनि हरियोबाट रातो बनेको छ (हेर्नुहोस् मुख्य तस्बिरमा रातो एरो)। यसले बजारमा बिक्री दबाब रहेको बुझ्न सकिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक चार्टमै बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा यो साता रातो मारुबुजु क्यान्डल बनेको छ भने मूल्यरेखाले मध्य ब्यान्डबाट तल झरेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझ्न सकिन्छ। 

म्याक्डीमा यो साता बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ र रातो बनेका छन्। साप्ताहिक रुपमै आरएसआई ६० को तहबाट खसेर हाल ४४ को विन्दुमा झरेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा बजारमा यो साता बिक्री दबाब परेको र आगामी साता पनि निरन्तरता पाउन सक्ने बुझिन्छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डमा यदि मूल्यरेखाहरुले ट्रेन्ड लाइनलाई माथिबाट काटेर तल जान्छ र ट्रेन्ड लाइन रातो बन्छ भने बियरिस र मूल्यरेखाहरुले तलबाट काटेर माथि जान्छ र ट्रेन्ड लाइन हरियो बन्छ भने बुलिस भन्ने हो। गत फेब्रुअरी १५ मा मूल्यरेखाहरुले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल झरेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझ्न सकिन्छ। 

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो साता सेयर बजारमा भएको उतारचढावका आधारमा सपोर्ट तथा प्रतिरोध निम्नअनुसार छन्–

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २०९३
  • प्रतिरोध २ –२०४८
  • प्रतिरोध ३– २०२५

पिभट प्वइन्ट : १९८० 

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९५७
  • सपोर्ट २– १९१२
  • सपोर्ट ३– १८९०

निष्कर्ष

यो साता दोस्रो बजारमा नेप्से परिसूचकमा गिरावट आएको छ। जब कि अघिल्लो साता नेप्सेमा बढोत्तरी आएको थियो। बजार घट्दा यो साता कारोबार बढेको छ। जुन त्यति राम्रो संकेत भने होइन। 

प्राविधिक रुपमा म्याक्डीमा बियरिस क्रसओभर बनेको छ। हिस्टोग्राम नेगेटिभ बनेको छ। सुपर टे«न्डमा पनि बजारमा बिक्री दबाब नै देखिन्छ। यस हिसाबले आगामी साता पनि बजार साइडवेज नै चल्न सक्ने देखिन्छ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।