काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै उतारचढाव देखिएको छ। दिनभरको कारोबारमा २१०० माथि पुगेको बजार अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। आज बजारसँगै कारोबार पनि सामान्य घटेको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगरको अपर ब्यान्डमा रातो स्पिनिङ टप क्यान्डल बनेको छ। प्रायः स्पिनिङ टप क्यान्डल अनिर्णयको संकेत हुने भए पनि यस्ता क्यान्डल बियरिस र बुलिस हुने गर्छन्।
यदि हरियो क्यान्डल बनेमा बुलिस र रातो क्यान्डल बनेमा बियरिस भन्ने हो। तर, यसको कन्फर्मेसनका लागि भने आगामी कारोबार नै हेर्नुपर्ने हुन्छ।
आगामी कारोबारमा यदि बजार आइतबारको उच्च विन्दु २१०६ भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने बजारले अप ट्रेन्ड लिन सक्छ। यसविपरीत आगामी कारोबारमा आइतबारको कारोबारको न्यून विन्दु २०८० भन्दा तल कारोबार हुन्छ वा बजार बन्द हुन्छ भने बजारले केही अंक गुमाउन पनि सक्छ।
बजारलाई म्याक्डीमार्फत हेर्दा बुलिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम सकारात्मक नै रहेको छ। बजारलाई आरएसआईमार्फत हेर्दा भने ओभरबट जोन ७६ को तहबाट आज केही झुकेको छ।
समग्रमा आजको बजारलाई हेर्दा आगामी दिनमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ।
पिभटमार्फत हेर्दा बजारले पहिलो प्रतिरोध २०९२, दोस्रो प्रतिरोध २१४६ र २२१८ मा सामना गर्न सक्छ। घटेमा भने बजारले क्रमशः २०६०, २०४० र २०१६ मा सपोर्ट लिस सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago