काठमाण्डौ । नेप्सेको दैनिक चार्टअन्तर्गत आज बजारले बोलिंगरको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। योसँगै नेप्सेमा बनेका दुई दिनको क्यान्डल स्टिकलाई मिलाएर हेर्दा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ। (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो)

यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको रातो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनेर बुझिन्छ। यसविपरीत यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनेर बुझिन्छ। 

दैनिक चार्टमा नै म्याक्डीमा हिजो हुँदै गरेको बुलिस क्रसओभर पनि हुन सकेको छैन। हिस्टोग्राम नेगेटिभ नै रहेका छन्। 

आवरली चार्टमा आरएसआई ६६ को जोनबाट तल झरेर ४० को तहमा आएको छ। पिभट प्वइन्टअन्तर्गत यदि आगामी दिनमा बजार घटेमा पहिलो सपोर्ट १९१२, दोस्रो सपोर्ट १८८७ र तेस्रो सपोर्ट १८५० को विन्दुमा हुनेछ। यो साता बजारको पिभट प्वइन्ट १९५० को विन्दुमा रहेको छ। 

आज बजार पिभट प्वइन्टभन्दा तल १९२४ मा बन्द भएको छ। यसले बजार कमजोर रहेको संकेत गर्छ। 

यदि आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोध १९७५, दोस्रो प्रतिरोध २०१३ तथा तेस्रो प्रतिरोध २०३८ को विन्दुमा हुनेछ। 

आवरली चार्टमै सुपर ट्रेन्डले पनि बजार बियरिस नै देखिएको छ।