काठमाण्डौ । लामो समयपछि नेप्सेमा आज ५० करोड रुपैयाँभन्दा तल कारोबार भएको छ। यसले बजार विस्तारै घट्ने क्रम रोकिएको र यूटर्न लिन लागेको हुन सक्ने देखिन्छ। 

बोलिंगर ब्यान्डमा हिजो र आजको कारोबारको मूल्यरेखाले तल्लो ब्यान्ड छोड्दै गएको देखिन्छ (हेर्नुहोस् कालो एरो)तर, कफर्मेसनका लागि भने मध्य ब्यान्ड नै ब्रेक गर्नुपर्नेछ।

म्याक्डीमा पनि बियरिस क्रसओभर भए पनि हिस्टोग्राम छोटा–छोटा र फिक्का हुँदै गएका छन्। 

एमएसीडी लाइनले र सिग्नल लाइन नजिक–नजिक भएको देखिन्छ तर बुलिसक्रस भने भई नसकेको देखिन्छ।

आरएसआई पनि २६ को ओभर सोल्ड जोनबाट ३२ को तहमा पुगेको छ। यसले विस्तारै बजारमा बढोत्तरी आउन सक्ने बुझिन्छ। तर, प्राविधिक रुपमा नै बजारले कुनै कन्फमेर्सन भने दिएको छैन।