काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा क्रमशः काठमाण्डौको बौद्ध र ललितपुरको ईमाडोलमा आफ्ना १०० र १०१ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । 

यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । 

यस नयाँशाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउण्टर, ११७ एटिएम, २५०० भन्दा बढी  रेमिटेट एजेन्ट तथा ५८ शाखारहित बैंकिङ्ग इकाई रहेका छन्  

यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रका बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।