काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको ट्रेजरी बिल पनि आफैँले खरिद गरेको छ। लगातार तेस्रोपटक राष्ट्र बैंकले ट्रेजरी बिल आफैँले खरिद गरेको हो। 

आज जारी गरिएको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरीको हिजो सोमबार बोलकबोल गरिएको थियो। बोलकबोलपमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा मनोमानी गरेपछि यी ट्रेजरी बिलको ठूलो हिस्सा राष्ट्र बैंकले खरिद गरेको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएपछि बैंक तथा वित्तीय संस्थाहरुले पनि ट्रेजरी बिलमा मनोमानी ढंगले ब्याजदर प्रस्ताव गरिरहेका छन्। यस्तो अवस्थामा सरकारले महँगो ब्याजमा ट्रेजरीमार्फत ऋण उठाउँदा भार पर्ने भन्दै राष्ट्र बैंकले सन्तुलन मिलाएर आफैँ खरिद गरिरहेको बताउँदै आएको छ। यसअघि पनि राष्ट्र बैंकले दुईपटक ट्रेजरी बिल खरिद गरिसकेको छ।

आज मंगलबार राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ। २८ दिने ५ अर्ब रुपैयाँको ट्रेजरीमा १६ बोलपत्रदाताबाट ६१ बोलपत्र परेको थियो। बोलपत्रको कुल रकम ११ अर्ब ८२ करोड रुपैयाँमा रहेकोमा १ अर्ब रुपैयाँबराबर ट्रेजरी बिल बोलपत्रदाताले खरिद गरेका छन् भने राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको ट्रेजरी बिल आफैँले किनेको छ। यसको न्यूनतम, अधिकतम र औसत व्याजदर ८.९९९४ प्रतिशत रहेको छ।

यस्तै ९१ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिलमा २० बोलपत्रदाताबाट ६२ बोलपत्र परेको थियो। बोलपत्रको कुल रकम ७ अर्ब ४५ करोड ५० लाख रुपैयाँबराबर रहेकोमा ७ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलपत्रदाताले किनेका छन् भने राष्ट्र बैंकले १ अर्ब ९२ करोड ५० लाख रुपैयाँको ट्रेजरी खरिद गरेको छ। यसमा न्यूनतम, अधिकतम र औसत ब्याजदर ९.५००४ प्रतिशत छ।

यसैगरी १८२ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी भएकोमा १६ बोलपत्रदाताबाट ६२ बोलपत्र परेको थियो। बोलपत्रको कुल रकम १० अर्ब ९६ करोड ५० लाख रुपैयाँ रहेकोमा बोलपत्रदाताले २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल खरिद गरेका छन्। यस्तै राष्ट्र बैंकले ५ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल किनेको छ। यसको न्यूनतम, अधिकतम र औसत व्याजदर क्रमशः ९.८० प्रतिशत, ९.९९९१ प्रतिशत र ९.८९५३ प्रतिशत रहेको छ।

२८ र ९१ दिनको ट्रेजरी बिलको न्यूनतम, अधिकतम र औसत व्याजदर एउटै भएकोले जम्मा एउटा बोलपत्रदाताले पाएको छ। १८२ दिनको हकमा भने कम्तीमा २ वटा बोलपत्रदाताले पाएका छन्। 
१३ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरणका लागि ३० अर्ब २४ करोड रुपैयाँÞको बोलपत्र परे पनि बोलपत्रदातालाई १ अर्ब ३३ करोड

५० लाखÞ रुपैयाँको मात्र बेचेर राष्ट्र बैंक आफैँले ११ अर्ब ६६ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल किनेको छ। 

विगत ३ हप्तामा राष्ट्र बैंकले २८ अर्ब ५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल खÞरिद गरेको छ। ब्याजदर उच्च हुन नदिन राष्ट्र बैंकले लगातार ब्याजदरमा कटअफ लगाएर आफैँले खÞिदद गर्दै आएको पूर्वबैंकर पशुराम कुँवर क्षेत्री बताउँछन्। ‘राष्ट्र बैंकको यो कदम सकारात्मक रहेको छ’, उनले भने।