काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले ४ करोड १० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ४ करोड ४३ लाख रुपैयाँ थियो । 

अघिल्लो आबको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी बढे पनि नाफा भने बढ्न नसकेको हो । अघिल्लो आबको पहिलो त्रैमासमा १४ करोड १२ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी केही बढेर १४ करोड ६१ लख पुुगेको छ । 

यो अवधिमा बैंकले १३ अर्ब ८० करोड निक्षेप संकलन गरी १२ अर्ब ८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १० अर्ब ९४ करोड निक्षेप संकलन गरी ९ अर्ब ८० करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष १२ करोड ७५ लाख रुपैयाँ रहेको ब्याज खर्च बढेर यो वर्ष २८ करोड १८ लाखको उचाईमा पुुगेको छ । २६ करोड ८७ लाख रुपैयाँ रहेको ब्याज आम्दानी बढेर ४२ करोड ८० लाखको उचाईमा पुुग्दा समेत ब्याज खर्च बढेका कारण खूद नाफा घटेको हो । 

बैंकको खराब कर्जा केही बढेको छ । ०.८४ प्रतिशत रहेको खराब कर्जा बढेर ०.९८ प्रतिशत पुुगेको छ । ४.७९ प्रतिशत रहेको कस्ट अफ फण्ड ७.९७ प्रतिशत पुुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.०१ गुुणा कायम भएको छ ।