काठमाण्डौ । रुपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख २० हजार खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो लघुवित्तले २४ लाख ४६ हजार नाफा कमाएको थियो । 

यो कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ६ लाखमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिमा १ करोड २६ लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्ष ४८ लाख ५८ हजारमा सीमित ब्याज खर्च अचाक्ली बढी १ करोड ३८ लाख ३५ हजारको उचाईमा पुुग्दा समेत नाफा बढाउन सक्नुु जनउत्थानको सुखद पक्ष हो । 

समीक्षा अवधिमा यो कम्पनीले १५ करोड ८७ लाख निक्षेप संकलन गरी ५४ करोड सापटी लिई ६६ करोड २८ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९ करोड ३४ लाख निक्षेप संकलन गरी २९ करोड ४४ लाख सापटी लिई ४१ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष २ करोड १६ लाखमा सीमित रिजर्ब कोष बढेर ३ करोड २७ लाखको उचाईमा पुुगेको छ  

जनउत्थानले यो अवधिमा खराब कर्जालाई भने घटाएको छ । अघिल्लो वर्ष २.५१ प्रतिशत रहेको यस्तो कर्जा घटाएर १.१४ प्रतिशतमा सीमित बनाएको छ । 

समीक्षा अवधिमा यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५१.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१३.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.३२ गुणा कायम भएको छ ।