काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा संस्थाले ७६ लाख ७४ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थालाई २ करोड ६१ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९३ लाख ९७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन थियो।
पहिलो त्रैमासमा संस्थाले २ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४ करोड ९ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि २८.४५ प्रतिशतले ओरालो लागेको छ।
चुक्तापुँजी १४ करोड ७९ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार २०.९६ प्रतिशतले घटेर ११ करोड ६९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १४ करोड ७९ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाले १ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई २ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब २९ करोड रुपैयाँ सापटी लिई २ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ४.६८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.५६ प्रतिशत थियो।
वार्षिकीकृत संस्थाको ईपीएस २०.७६ रुपैयाँले ऋणात्मक रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १७९.०५ रुपैयाँ रहेको छ।
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago