काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म बैंकले २ करोड ३२ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४ करोड ७० लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ५०.५३ प्रतिशतले घटेको छ।
दोस्रो त्रैमाससम्म बैंकले ६ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६ करोड ७१ लाख रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि १०.२७ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म बैंकले २६ करोड ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २० करोड ४४ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी ३०.८९ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ३१.५५ प्रतिशतले बढेर ४६ करोड ११ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ३५ करोड ५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले १२ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ११ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ५.९० प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ३.७१ प्रतिशत थियो।
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.७२ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ८.१७ रुपैयाँ रहेको थियो। पीई रेसियो ९८.३१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४.२१ रुपैयाँ रहेको छ।
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago