काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले यसै वर्षदेखि स्टक ब्रोकर कम्पनीका आधिकारिक प्रतिनिधिको व्यवस्था सुरु गर्ने भएपछि कार्यविधि बनाउन तातेकोे छ।
आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐनअनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने काम भइरहेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको भनाइ छ। देशका विभिन्न जिल्लामा सेयर कारोबार गर्न केवाईसी खोल्ने, डिम्याट खोल्ने, अनलाइन कारोबार प्रणालीका विषयलाई समेटी कोर्स तयार भइसकेको उनले जानकारी दिए।
ब्रोकर कम्पनीको आधिकारिक प्रतिनिधि भई कार्य गर्न नियुक्तिको जिम्मा ब्रोकरकै भए पनि बोर्डले तोकेबमोजिमको पाठ्यक्रममा आधारित परीक्षा उत्तीर्ण गरेपश्चात मात्र एजेन्सी (आधिकारिक प्रतिनिधि) योग्य हुने ढुंगानाले बताए। ‘योग्यता र मापदण्ड भने कार्यविधिमा नै उल्लेख गर्ने हाम्रो तयारी छ’, उनले भने, ‘ब्रोकरले चाहेजति जति पनि आधिकारिक प्रतिनिधि राख्न पाउने छन् तर बोर्डले परीक्षा लिई छनोट गर्ने अधिकार बोर्डको रहनेछ।’
बोर्डले ब्रोकर एजेन्सीको व्यवस्था गरे प्राथमिक बजारझै देशका दूरदराजमा पनि दोस्रो बजारको विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट बजारलाई सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago