काठमाण्डौ । ब्रोकर कमिसन नघटे लगानीकर्ता संघसंगठनका नेता अर्थसमिति जाने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन आलटाल र अटेरी गरे अर्थसमिति जाने तयारी रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । 

'बोर्ड अध्यक्ष पुस पहिलो साता अमेरिकाबाट नेपाल आउँदैहुन्छ, आशा छ उहाँ आएलगत्तै ब्रोकर कमिसन घटाउने निर्णय गर्नुहुन्छ ।'रौनियारले भने-'ब्रोकर कमिसन यदि नघटे थप अघिल्लो चरणका विषयमा सबै संगठनका साथीहरुसँग छलफल गर्नेछौं भने अर्थसमिति तत्कालै जाने योजना छ ।' 

ब्रोकर कमिसन कन्फर्म घट्ने दाबी गरेका रौनियार धितोपत्र बोर्डसँग निरन्तर फलोअपमा रहेको बताउँछन् ।

'ब्रोकर कमिसन नघटाई सुखै छैन ।' रौनियार भन्छन्-'ब्रोकर कमिसन निकै न्यून हुनुपर्छ ।' 

बजारको सुधारका लागि लगानीकर्ताहरुको आग्रहलाई बोर्डले कार्यान्वयन गर्नेमा ढुक्क रहेको उनी .सुनाउँछन् । बिदेशमा समेत ब्रोकरहरुले निःशुल्क वा अन्यन्तै न्यून ब्रोकर कमिसन लिने हुनाले सो अभ्यास नेपालमा पनि लागू हुनुपर्नेमा उनले जोड दिए ।